नियम ६१
खरिद गर्ने व्यवस्था
(१) अधिकार प्राप्त अधिकारीको लिखित आदेश तथा बजेट
स्वीकृत नभै खरिद कार्य गर्नु वा गराउनु हु“दैन ।
(२) उपनियम (१) बमोजिम अधिकारप्राप्त अधिकारीको लिखित आदेश प्राप्त
गरेपछि खरिद गर्दा यस नियमावलीमा व्यवस्था भएको खरिद विधि बमोजिम रीत
पु¥याई गर्नु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको अवस्थामा
बजेटको व्यवस्था नभए पनि खरिद कारबाही शुरु गर्न सकिनेछ ः–
(क) स्वीकृत योजना र आयोजनाको कार्य तालिका बमोजिम खरिद गर्न वा
गराउने प्रक्रियागत कुरा मिलाउन,
(ख) बहुवर्षिय सम्झौता बमोजिम गरिने खरिदको हकमा पहिलो वर्षको
लागि आवश्यक बजेट व्यवस्था भएपछि खरिद कारबाही गर्न,
(ग) खरिद सम्बन्धीे प्रारम्भिक तयारी गर्न अत्यावश्यक भई सिलबन्दी
दरभाउपत्र वा बोलपत्र आ≈वान गर्ने, पूर्वयोग्यताको दरखास्त आ≈वान
गर्ने, परामर्शदाताको सूची तयार गर्न सूचना प्रकाशन गर्ने,
परामर्शदाताबाट प्रस्ताव माग गर्ने वा यस नियम बमोजिम निर्माण
व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकलाई सिलबन्दी
दरभाउपत्रको फाराम, बोलपत्र वा पूर्वयोग्यता सम्बन्धी कागजात वा
प्रस्ताव सम्बन्धी कागजात उपलब्ध गराउने जस्ता कार्य गर्न ।
(४) निर्माणस्थल उपलब्ध भएपछि मात्र निर्माण कार्यको खरिद कारबाही शुरु
गर्नु पर्नेछ ।